१२ आश्विन २०८१, शनिबार

मन्त्रिपरिषद् बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली किन बसे मौन ?


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकिएको छ । आज बस्ने भनिएको बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने बताइएपनि यस विषयमा केहि पनि सामान्य छलफल पनि नभई मन्त्रिपरिषद् बैठक सकिएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

हिजो बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिएको थियो । सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्न बुझिएको थियो । अध्यादेश फिर्ताका लागि सरकारले निर्णय गरेर राष्ट्रपतिकहाँ सिफारिस गर्नुपर्छ ।

अर्का एक मन्त्रीका अनुसार आज विहीबार बसेको मन्त्रिपरिषद् बैठक नियमित साप्ताहिक बैठक भएकोले यस बारेमा छलफल नभएको बताएका छन् । आजको मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयहरूका नियमित एजेन्डाहरू बाहेक अन्य विषयमा केही पनि छलफल र निर्णय केहि नभएकोले उनले थपे ।

अर्का एक मन्त्रीका अनुसार मन्त्रिपरषद्मा छलफल नगरी निर्णयमा अध्यादेश फिर्ताको विषय पर्न सक्ने बताएका छन् । जारी गर्नका लागि पनि मन्त्रीहरूलाई जानकारी नदिइएकोमा खारेज गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्न पनि मन्त्रीहरूलाई जानकारी नदिई गर्न सकिने उनको भनाइ थियो । प्रधानमन्त्रीले मुख्यसचिवलाई मन्त्रिपरिषद्का निर्णयमा अध्यादेश खारेजीको निर्णय भएको माइन्यूट गराउने सम्भावना रहेको उनको भनाइ रहेको छ ।

प्रधानमन्त्री ओलीले आज साँझ ५:३० बजे बोलाएको संवैधानिक परिषद्को बैठक नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटार पुगेर आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गरेका हुन् । स्रोतका अनुसार ओलीसँगको भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिने निर्णय भइसकेको अवस्थामा बैठक बोलाइनुको कारणबारे प्रश्न गरेका थिए । तर, बैठकमा ओलीले केही छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको अस्पष्ट जवाफ दिएका थिए ।

तर, प्रचण्डले प्रतिवाद गर्दै पार्टीले निर्णय गरे अनुसार अघि बढ्नुपर्ने र अहिलेको अवस्थामा बैठकको औचित्य नहुने बताएपछि बुधबारको स्थायी समिति बैठक अनुसार नै अध्यादेश फिर्ता हुने र आजको बैठक पनि स्थगित गर्ने ओलीले बताएका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बालुवाटारमा : के होला त निर्णय ?

आज साँझ बोलाइएको संवैधानिक परिषद्को बैठक किन भयो फेरि अचानक स्थगित ?

नेकपा विवाद फेरि बल्झिने संकेत : अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

प्रधानमन्त्रीले फेरि किन बोलाए बालुवाटारमा मन्त्रिपरिषद्को बैठक ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !