१३ बैशाख २०८१, बिहिबार

पार्टीले भन्नेवित्तिकै अध्यादेश फिर्ता नहुने ईश्वर पोखरेलको दावी


ईश्वर पोखरेल फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर सरकारले गल्ती नगरेको बताएका छन्। सत्तारुद दल नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यसमेत रहेका पोखरेलले अध्यादेशलाई राजा महेन्द्रको पालामा भएको पुस १ गतेको राजनीतिक ‘कू’सँग जोड्नु पनि बेकार हुने बताए ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुरा गर्दै पोखरेलले भने, “अध्यादेशको लागि अध्यादेश थिएन, संविधानलाई अपदस्थ गर्न ल्याउने कुरा थिएन । संवैधानिक अध्यादेशलाई पुस १ गतेको तारतम्यसँग कसैले जोड्छ भने त्यो बेकारको कुरा हो ।”

पार्टीले फिर्ता लिने भन्दावित्तिकै अध्यादेश फिर्ता नहुनेसमेत पोखरेलले दावी गर्दै भने, “अध्यादेश फिर्ता लिने निर्णय भएको हो । अध्यादेश फिर्ता गर्न फेरि न्यू प्रोसेस हुन्छ । यहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले फिर्ता लिने भन्नेवित्तिकै फिर्ता लिने कुरा हुँदैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !