९ असार २०८१, आइतबार

प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्रीको अलमल, मन्त्री नै असन्तुष्ट


sher bahadur dewa

३० पुस, काठमाण्डौ । प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्री शेरबहादुर देउवाले अलमल गरेको विषयलाई आजका विभिन्न पत्रिकाहरुले लेखेका छन् । प्रधानमन्त्रीको ढिलासुस्तीले स्वयं मन्त्रीहरु नै रुष्ट बन्न पुगेका छन् । सर्वोच्च अदालतले फैसला दिन ढिलाइ गर्दा १० महिनादेखि काठमाडौं उपत्यकाको सडक विस्तार ठप्प भएको भन्दै विभिन्न पत्रिकाहरुले लेखेका छन् ।

भूकम्पपीडितले पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने नियम सरकारले बनाएपछि भूकम्प पीडित त्रसित बनेको छन् । यसका अलावा गोविन्द केसीले अनसन तोडेको, त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले विद्यार्थी नपाएको लगायतका कुराहरु आजको पत्रिकाहरुमा लेखेका छन् ।

प्रदेश प्रमुख नियुक्ति गर्न प्रधानमन्त्रीले अलमल गरेको र वाम गठबन्धनवाट सरकार लम्ब्याउन खोजेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिमा समेत अलमल गरेको समाचारमा उल्लेख छ । सरकारका एक मन्त्रीले प्रमुख र मुकाम तोक्ने विषयमा प्रधानमन्त्रीले आफूहरुसँग सल्लाह नगरेको र प्रधानमन्त्रीकै तहवाट अघि बढिरहे पनि ढिलाइप्रति असन्तुष्टि जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !