११ आश्विन २०८१, शुक्रबार

सरकारले जनताको हितमा काम गर्न सकेन : नेता सिंह


प्रकाशमान सिंह

धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताका हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । कांग्रेस धनुषाको अगुवाइमा प्रदेश नं २ को सदरमुकाम जनकपुरधाममा निकालिएको विरोध जुलस प्रदर्शनपछिको आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी पूर्वमहामन्त्री सिंहले सङ्घीयता कार्यान्वयनभन्दा सङ्घीयतालाई गलत देखाउने चेष्टा सरकारबाट भइरहेको आरोप लगाए ।

सभामा कांग्रेस प्रदेश नं २ का संसदीय दलका नेता रामसरोज यादवले सरकारले भ्रष्टाचारलाई बढावा दिएका आरोप लगाए । सङ्घीय सांसद स्मृति नारायण चौधरीले नियतवश भारतसँगको सीमा बन्द गरिएको आरोप लगाउँदै खोल्न आग्रह गरे । विरोधसभामा धनुषाका नेताका साथै प्रदेश र सङ्घीय सांसदको समेत सहभागिता थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !