१२ आश्विन २०८१, शनिबार

वाम गठबन्धनको संयुक्त कार्यदलको बैठक बस्दै


bam gathabandan

२८ पुस, काठमाण्डौ । राष्ट्रियसभा गठनमा गृहकार्य गर्ने अख्तियारी पाएको एमाले–माओवादी संयुक्त कार्यदलको बैठक आज बस्ने भएको छ । पार्टी एकता, राष्ट्रियसभा निर्वाचन तयारी, उम्मेदवार छनोटलगायत विषयमा छलफल गर्न कार्यदलको पहिलो बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।

एमाले सदस्य सुवास नेम्वाङले पार्टी एकता, राष्ट्रियसभा निर्वाचन तयारीलगायत विषयमा छलफल गर्न शुक्रबार बिहान बैठक बोलाइएको जानकारी दिए । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको दल दर्ता माघ १० गते भएकाले कार्यदल पार्टी एकताभन्दा पनि यसको साझा उम्मेदवार छनोट गर्ने गृहकार्यमा केन्द्रित हुने बताइएकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !