१८ मंसिर, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेपछि देशभर सरकारविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् । बुधबार स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता पौडेललाई पक्राउ गरेको थियो ।
नेपाली कांग्रेसका नेताहरुले सरकारले आफूहरुलाई ब्युँझाइदिएको टिप्पणी गर्दै यस्तो चेतावनी दिएका हुन् । कांग्रेस वरिष्ठ नेता पौडेलले मन्तव्यको सुरुमा पुलिसको डण्डाले करङ पेलेका कारण हिजो दिउँसोभन्दा साँझ र साँझभन्दा आज बढी दुखेको बताए ।