काठमाडौँ । नेपाल सरकारले ३ जना सहसचिवलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा. गोकर्ण दवाडी, डा. योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिव बढुवा गर्ने निर्णय गरेको हो ।
प्रशासनतर्फ गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस गरिएकोमा गरेकोमा पहिलो नम्बरका दुवाडी प्रशासनतर्फवाट बढुवा भएका छन् भने कृषि र इन्जिनियरिङतर्फ ज्येष्ठताका आधारमा क्रमश: कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ज्येष्ठ सहसचिव डा. योगेन्द्र कार्की र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ज्येष्ठ सहसचिव सुरेश आचार्यलाई बढुवा गरेको गरिएको हो ।
मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका एक मन्त्रीका अनुसार बुधबारकै मन्त्रिपरिषद बैठकले भारत र बङ्गलादेश उडान खुला गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।