७ जेष्ठ २०८१, सोमबार

“विवाहपश्चात आफ्नो नाम/थर यथावत् कायम नराखेसम्म महिला पितृसत्तात्मक बन्धनबाट मुक्त हुन्नन्”


डा. बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जतिसुकै ठुला कुरा गरे पनि महिला पितृसत्तात्मक बन्धनबाट मुक्त नहुने बताएका छन् । डा. बाबुराम भट्टराईले एक स्टाटस लेख्दै महिला मुक्तिको एउटा महत्वपूर्ण व्यवहारिक प्रश्न विवाहपश्चात आफ्नो नाम/थर यथावत् कायम गर्नु र लोग्नेको घरमा जानुसट्टा छुट्टै साझा घरमा नयाॅ परिवार बसाल्नु बताएका छन् ।

डा. भट्टराईले लेखेका छन्, “महिलामुक्तिको एउटा महत्वपूर्ण व्यवहारिक प्रश्न विवाहपश्चात आफ्नो नाम/थर यथावत् कायम गर्नु र लोग्नेको घरमा जानुसट्टा छुट्टै साझा घरमा नयाॅ परिवार बसाल्नु हो । नत्र जतिसुकै ठुला कुरा गरे पनि महिला पितृसत्तात्मक बन्धनबाट मुक्त हुन्नन् है ! हिसिला र मेरो अनुभव कसैलाई काम लागे सोच्नुहोला।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !