१७ असार २०८१, सोमबार

संसदको हिउँदे अधिवेशन सुरु गर्न तयार रहेको सभामुख सापकोटाको दावी


अग्निप्रसाद सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु तयार रहेको बताएका छन् । संसद सचिवालयमा पत्रकारहरुसंग कुरा गर्दै सभामुख सापकोटाले हिउँदे अधिवेशन सुरु गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

सभामुख सापकोटाले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताए । सभामुख सापकोटाले भने, “सकेसम्म चाडो संसद राख्नका लागि छलफल हुँदैछ । संसद सञ्चालनका लागि धेरै विकल्पहरु एक, दुई, तीन गरेर सबै तयारी गरिएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु