१० असार २०८१, सोमबार

नेकपा भित्रको विवाद उत्कर्षमा : राष्ट्रपतिलाई भेट्न शीतल निवासमा प्रचण्ड


राष्ट्रपतिलाई भेट्न शीतल निवासमा प्रचण्ड फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपतिकै आग्रहमा प्रचण्ड शीतल निवास पुगेको स्रोतले जनाएको छ । शीतल निवास स्रोतका अनुसार प्रचण्ड केही समयअघि मात्रै शितलनिवास भित्र प्रवेश गरेका हुन् ।

बुधबार बोलाइएको सचिवालय बैठक केही दिन सार्नुपर्ने नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बोकेर महासचिव तथा अर्थमन्त्री विष्णु पौडेले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका थिए ।

सचिवालय बैठकको एक दिन अघि मंगलबार बिहान अध्यक्ष दाहाल निवास पुगेका महासचिव पौडेलबीच आन्तरिक विवाद समाधानबारे छलफल भएको दुवै पक्षले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !