८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीको ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला भ्रमण स्थगित


केपी शर्मा ओली

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङका हिमाली गाउँ ओलाङचुङगोला र घुन्सा भ्रमण कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्रीले आगामी ५ गते शुक्रबार नेपाल-चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन गर्ने कार्यक्रम तय भएको थियो ।

भ्रमण तयारीका लागि सदरमुकाम फुङलिङबाट मंगलबारै ओलीका समर्थक तथा सुरक्षाकर्मीहरू त्यहाँ जाने तयारीमा भएपनि फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेलको अगुवाइमा जान लागेका सयौं कार्यकर्ता ट्याक्सी काउन्टरबाटै फर्किएका थिए ।

प्रधानमन्त्रीको सचिवालयबाट कार्यक्रम स्थगनको मौखिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले जानकारी दिए । सत्तारूढ नेकपामा बढ्दै गएको विवादका कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भ्रमण स्थगन गरेको हुन सक्ने नेकपाका जिल्ला नेताहरूले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !