काठमाडौं, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि शुक्रबार अपरान्ह बालुवाटारमा बस्ने भएको छ । आजका लागि तय भएको बैठक सारेर भोलि अपरान्ह ४ बजेका लागि तय भएको सचिवालयका सबै सदस्यहरुलाई जानकारी पुगेको बुझिएको छ ।
बैठकले पार्टीमा उत्पन्न विवादबारे महत्वपूर्ण छलफल गर्ने भएको छ । नेकपा गम्भीर दुर्घटनाको नजिक पुगिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बैठक राख्न राजी भएको बुझिएको छ । यसअघि उनले बैठक राख्न अस्वीकार गर्दै आएका थिए ।