१२ आश्विन २०८१, शनिबार

नयाँ सरकार गठन गर्ने प्रक्रिया लम्बिने


kp oli and prachanda unites

२३ पुस, काठमाण्डौ  । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले नयाँ सरकार गठन गर्ने प्रक्रियामा लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ । नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच एजेन्डा निर्धारणका लागि पहिले छलफल हुने र लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि दुई नेताबीचमै भेट भएको छैन ।

ओलीको अस्वस्थता त कहिले दाहालको चितवन बसाइका कारणले गर्दा छलफल गर्न सकिरहेको छैन। शनिबार दाहाल चितवनबाट काठमाडौं फर्केर सकभर त्यही दिन, नभए आइतबार दुई अध्यक्षको बीचमा छलफल भएपश्चात एकता संयोजन समितिको बैठक बसेर प्रक्रियाअगाडि बढाउने भनिए पनि बैठक बस्नै सकेन। दाहाल शनिबार मौसमको प्रतिकूल अवस्थालाई कारण देखाउँदै काठमाडौं फर्केनन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !