१४ आश्विन २०८१, सोमबार

अव सरकार वाम गठबन्धन कै बन्छ, अरु हल्ला हुन् : नारायणकाजी


नारायणकाजी श्रेष्ठ

२२ पुस, गोरखा । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम गठवन्धन बाहेक अरु कसैको सरकार नबन्ने भनि पाँच बर्षको लागि दाबी गरेका छन् । ‘अहिले बाहिर दुई वटा हल्ला चलेको छ, एउटा काग्रेस र अरु दुई पार्टीको सहयोग लिएर माओवादीले सरकार बनाउने, अर्काे एमालेले फोरमसँग मिलेर सरकार बनाउने’ श्रेष्ठले भने, ‘तर यो सबै हल्ला मात्र हो, अबको सरकार वाम गठबन्धनकै बन्छ, अरुको होइन ।’

पश्चिमकालीमा आयोजित निर्वाचित जनप्रतिनिधि स्वागत कार्यक्रममा सहभागी हुन आएका श्रेष्ठले संवैधानिक व्यवस्था र राष्ट्रिय सभाको ऐन निर्माणअघि निर्वाचन भएकाले पनि सरकार गठनमा ढिलाइ भएको बताए । सरकार गठनसँगै एमाले र माओवादीको पार्टी एकीकरणका लागि प्रारम्भिक गृहकार्य भई रहेको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !