काठमाडौं, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय बैठक बोलाएका छन् । प्रचण्डले अनौपचारिक बैठकको लागि सदस्यहरुलाई पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका छन् ।
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद बढिरहेको बेलामा दाहालले सचिवालय सदस्यहरुलाई आज अपरान्ह ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका हुन् । दिउँसो बोलाइएको सचिवालय बैठकमा ओली सहभागी नहुने बालुवाटार स्रोतले बताएको छ ।