१४ आश्विन २०८१, सोमबार

नयाँ शक्ति पार्टी बैकल्पिक राजनीतिक शक्ति बनाएर छाड्ने संकल्प


dr

२० पुस, काठमाण्डौ । बैकल्पिक राजनीतिक शक्ति बनाएर छाड्ने नयाँ शक्ति पार्टीको ल्वाङ बैठकले संकल्प गरेको छ । अब नयाँ बन्ने सरकार तथा कांग्रेससँग मुद्दाका आधारमा सहकार्य वा आलोचना हुने बताएको छ ।

संयोजक डा. बाबुराम भट्टराईले बैठकमा पार्टीलाई बैकल्पिक राजनीतिक शक्ति बनाएरै छाड्ने संकल्प गरेको बताए । कांग्रेससँग मुद्दामा सहकार्य हुन सक्ने तर, नयाँ शक्ति पार्टीलाई अलग्गै धार र स्वतन्त्र पहिचानसहित अघि बढाउने उनले बताए ।

आगामी फागुन १०, ११ र १२ गते संघीय परिषद्को बैठक बस्ने र ५ वर्षे कार्ययोजना बनाउने निर्णय भएको छ । पार्टी विस्तार र सुदृढिकरणमा लाग्ने र सामाजिक–राजनीतिक अभियान चलाउने भन्दै भट्टराईले ५ वर्षपछि हुने चुनावमा शसक्त शक्तिमा पार्टीलाई स्थापित गर्ने वताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !