काठमाडौँ, कार्तिक ४ । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले सरकारका गतिविधि संविधानको मर्म बिपरित भएको आरोप लगाएका छन् । सामाजिक संजाल फेसबुकमा उनले संकटका बेलामा जनताको सेवा र उद्दारबाट हात झिक्ने सरकारका विरुद्दमा नेपाली काँग्रेस सशक्त रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘संकटका बेलामा जनताको सेवा र उद्दारबाट हात झिक्ने, सरकारका गतिविधि जो संविधानको मर्म बिपरितका छन्, त्यसको विरुद्दमा काँग्रेस सशक्त रुपमा प्रस्तुत हुनुपर्छ ।’
नेपालमा कोरोना संक्रमण व्यापक फैलिएपछि उपचार गर्न सम्भव नभएकोले गर्दा सरकारले हात झिकेको छ । अव उपरान्त कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा जानकारी दिएका थिए । सरकारको यो निर्णयप्रति चौतर्फी आलोचना शुरु भएको छ ।
यो पनि पढ्नुहोस्
कम्युनिष्ट सरकारको विपरित मति : बरिष्ट नेता पौडेल
सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा बसेको छ : गगन थापा
सरकारले हात झिक्यो, अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने