३ मंसिर २०८१, सोमबार

सरकारको तयारी राष्ट्रिय सभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने


political g]sf sfo{;Dkfbg ;ldltsf] a}7s afn’jf6f/df a’waf/ a;]sf] g]kfnL sfFu|]; sfo{;Dkfbg ;ldltsf] a}7sdf ;efklt Pj+ k|wfgdGqL z]/axfb’/ b]pjfnufot g]tfx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

१८ पुस, काठमाण्डौ । प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति सरकारले प्रमुख दलहरूको आवश्यक परामर्शमा तोक्ने तयारी गरेको छ। आज बिहान बसेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएपछि सरकारको तयारी सुरू हुन थालेको बैठकमा सहभागी नेता बालकृष्ण खाँणले बताए।

प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, जनता पार्टी नेपाल अध्यक्ष मण्डलमा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सो विषयमा छलफलपछि शीघ्र परामर्श गर्ने बताएका थिए।

राष्ट्रियसभा निर्वाचनको मिति तोक्न अविलम्ब, प्रदेश प्रमुख नियुक्त गर्न तथा निर्वाचनका लागि आवश्यक पूर्वाधार लगायत निर्णय गर्न बैठकमा नेताहरूले सुझाव दिएका थिए।

केही दिनअघि प्रधानमन्त्री देउवासँग निर्वाचन आयोगका पदाधिकारीले भेटी राष्ट्रियसभा निर्वाचन मिति तोक्न र प्रदेश प्रमुख नियुक्त गर्न आग्रह गरेका थिए। आयोगले प्रदेशसभाको अन्तिम निर्वाचन मतपरिणाम प्रदेश प्रमुखलाई नै बुझाउनुपर्ने कानूनी प्रावधान छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !