१२ आश्विन २०८१, शनिबार

नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज


नेपाली काँग्रेस

१४ पुस, काठमाडौँ l प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न, निर्वाचनपछि पहिलोपटक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल हुन लागेको जानकारी दिनुभयो । निर्वाचनमा काँग्रेसको स्थिति कमजोर भएपछि समीक्षाका लागि पार्टीका नेताहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग गरे पछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन लाग्नुभएको हो ।

प्रदेशसभाको समानुपातिकमा कांग्रेसले ७२ सिट पाउने भए पनि उसले यसको टुंगो लगाएको छैन । निर्वाचन आयोगले यी सिटहरुका लागि नाम सिफारिस गरेर पठाउन आजसम्मको समयसीमा दिएपछि कांग्रेस दबाबमा परेको छ । बैठकमा प्रदेशको समानुपातिक सांसद चयनसँगै राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेसमेत छलफल हुने कांगेस नेताहरूले बताएका छन् ।
काँग्रेसको २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !