१३ पुस, काठमाडौँ l राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता भएको छ । कांग्रेस र एमालेबीचको राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश अडानले राजनीतिक गाँठो नफुकिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले भने मध्यमार्गी विकल्पको खोजीमा रहेको बताउँदै आएका छन् ।
भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड बिहान ९ बजे शितल निवास पुगेका छन् ।
राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् । त्यसैको निरन्तरतास्वरुप प्रचण्डसँग फेरि पनि परामर्श गरेको बताइएको छ ।
राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ । अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा ठूलो दल एमालेले विरोध गर्दै आएको छ ।