१८ बैशाख २०८१, मंगलबार

ओली सरकारमा एमालेवाट सम्भावित मन्त्रीहरु


KP Oli Government केपी शर्मा ओली

पुस ७, काठमाडौ । प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले बलियो वहुमत पाएसँगै भावी प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्ने लगभग निश्चित भैईसकेको छ । भावी प्रधानमन्त्री ओलीले पनि आफनो मन्त्रीमण्डलमा युवा नेतृत्वलाई बढि स्थान दिने मानसिकता बनाएका छन् । त्यसकारण पनि ओली मन्त्रीमण्डलमा युवापुस्ताको राम्रै वर्चश्व हुने पक्का जस्तै छ । ओलीले बिशेष गरी क्षमता भएका र अनुभवीलाई रोज्ने बताईसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्री बन्ने दिन नजिकिदै जाँदा उनको क्याबिनेटका मन्त्रीहरु को-को हुने भन्ने बारेमा चर्चा-परिचर्चा समेत चल्न थालेको छ ।

नयाँ संविधानमा व्यवस्था भए अनुसार केन्द्र सरकार २५ सदस्यीय हुनेछ । केन्द्रमा हुने २५ मन्त्रीका लागि नेकपा एमालेवाट सम्भावित मन्त्रीहरु लिष्ट नै तयार भई रहेको छ । जसमा एमाले महासचीव ईश्वर पोखरेल उपप्रधानमन्त्री सहित राम्रो मन्त्रालयको जिम्मेवारीमा पुग्नेछन् भने अहिलेसम्म लाभको पदमा नपुगेका एमाले सचिव योगेश भटराई पहिलो नम्वरमा छन् ।  त्यस्तै एमालेवाट रामवीर मानन्धर, रविन्द्र प्रसाद अधिकारी, गोकर्ण विष्ट, लालबाबु पण्डित, नवराज सिलवाल, घनश्याम भुषाल, यज्ञबहादुर सुनुवार, दीपकप्रसाद भट्ट लगायतको नाम अग्रस्थानमा चर्चामा छ । त्यस्तै एमालेवाट सुरेन्द्र पाण्डे, महेश बस्नेत, हृदयेश त्रिपाठी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, बिशाल भट्टराई, धन बहादुर बुढा, नारदमुनि राना, भानुभक्त ढकाल, कृष्णगोपाल श्रेष्ठ, पद्यमा अर्याल लगायतको नाम मन्त्री बन्नेको सुचीमा चर्चा भई रहेको छ ।

दुई पटकसम्म काठमाडौँ क्षेत्र न. ७ वाट प्रत्यक्ष निर्वाचित रामवीर मानन्धर पार्टीमा स्वाभिमानी, निडर, प्रष्टबक्ता र राम्रो सम्भावना बोकेको नेता हुनुहुन्छ । पछिल्लो समयमा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको बिषयमा खुलेर आफ्नो आवाज सडक र सदन बाहिर ल्याएर भ्रष्टाचार बिरोधी अभियन्ताको रुपमा चर्चामा हुनुहुन्थ्यो । २०७० को संबिधानसभा निर्वाचनमा तत्कालिन माओवादीकी नेत्री हिसिला यमीलाई हराएर सानदार जित हासिल गरेका र वर्तमान महिला तथा बालबालिका मन्त्री तथा राप्रपाका नेता बिक्रम बहादुर थापालाई पराजित गरी दुई पटक काठमाडौँवाट प्रत्यक्ष निर्वाचित सांसद भएकोले मानन्धरलाई जसरी पनि मन्त्री बनाउनुपर्ने भन्ने आम एमालेका कार्यकर्ताको प्रेसर ओलीलाई छ ।

त्यस्तै दुई पटकसम्म कास्कीवाट प्रत्यक्ष निर्वाचित रविन्द्र अधिकारीले पहिला बिकास समितिको सभापति हुँदा धेरै राम्रो काम गरेर चर्चामा हुनुहुन्थ्यो । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका नेकपा एमालेका प्रतिभाशाली युवा नेता अधिकारीलाई मन्त्री बनाउनुपर्छ भन्ने धारणा आम युवा तथा बिद्यार्थीहरुको छ । पहिला उर्जा मन्त्री हुँदा राम्रो काम गरेर चर्चा कमाएका गोकर्ण बिष्टको पनि सम्भावना रहेको छ । बिगतमा सामान्य प्रसाशन मन्त्री हुँदा लोकप्रियता कमाएका लालबाबु पण्डितको मन्त्री हुने सम्भावना प्रवल छ । त्यस्तै डीआईजीवाट राजीनामा दिएर राजनीतिमा होमिएका चर्चित नवराज शिलवालको मन्त्री हुने सम्भावना प्रवल रहेको छ । बौद्धिक र राजनीतिक विश्लेषकको रुपमा चिनिएका घनश्याम भुषालको मन्त्री हुने सम्भावना बढी छ । दुई पटकसम्म ओखलढुंगावाट प्रत्यक्ष निर्वाचित यज्ञबहादुर सुनुवारको पनि सम्भावना छ । रमेश लेखकलाई पराजित गरेका दीपकप्रसाद भट्टको पनि सम्भावना छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !