५ जेष्ठ २०८१, शनिबार

राष्ट्रपति र वाम गठबन्धनका नेताहरु वीच राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता


शितल निवास

५ पुस, काठमाडौँ l राष्ट्रियसभा सदस्य निर्वाचन विधेयकको विवाद जारी रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निवास पुगेका छन्। उनीहरुसंगै बुधबार बिहान शीतलनिवासमा वाम गठबन्धनका नेताहरु सुवास नेम्वाङ र नारायणकाजी श्रेष्ठ लगायत वाम गठबन्धनका केहि नेताहरु पनि सहभागी थिए l

सरकारले संसदमा दर्ता गरेको अध्यादेशमा बहुमतीय प्रणालीबाट सदस्य छनोट हुने उल्लेख थियो। संसदको कार्यकाल सकिएपछि सरकारले एकल संक्रमणीय विधिबाट सदस्य चयन गर्नेगरि अध्यादेश सिफारिस गरेको थियो। संसदमै विवाद भएको विषय भएकाले अध्यादेश सम्बन्धमा राजनीतिक दलका नेताहरुबीच नै सहमति गरी अघि बढ्न राष्ट्रपतिले सुझाएको शर्माले बताए।

राष्ट्रपति भण्डारीले सहमतिमै अघि बढ्न सुझाव दिएकी हुन्। डेढ घण्टाको भेटमा नेताहरुले राष्ट्रपतिसमक्ष अध्यादेश विवाद र हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबारे जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !