१३ पुस २०८१, शनिबार

नेकपा सचिवालय बैठक आज बस्दै : मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुनसक्ने


नेकपा सचिवालय बैठक

काठमाडौँ, असोज ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार बस्दैछ । हिजो सोमबार नै बैठक बस्ने भनिएपनि अन्तिम समयमा स्थगित भएको थियो । हिजो सोमबार अपरान्ह १ बजेका लागि पेरिसडाँडामा तय भएको बैठक मंगलबार दिउँसो १२:३० बजे बालुवाटारमा बस्ने गरी स्थगित भएको हो ।

आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम तथा महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ ।

यसैगरी कोरोना महामारीका समयमा संघिय संसदले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ । आइतबार पेरिसडाँडामा बैठक बसेपनि मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

पेरिसडाँडामा आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !