७ मंसिर २०८१, शुक्रबार

गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा गणतन्त्र सुरक्षित छैन : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं, २ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह भएको स्पष्ट पारेका छन् । डा. भट्टराईले अरु धाई, सुसारे, पण्डा, नर्तकी, तमासे भएको पनि टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता समेत रहेका डा. भट्टराईले संविधान र गणतन्त्र गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरुको हातमा सुरक्षित नभएको पनि दाबी गरेका छन् ।

डा. भट्टराईले लेखेका छन्,‘अपांग शिशुको उपचार र रक्षा गरौं ।’ उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,‘संविधान दिवसमा सबैले सम्झनुपर्ने कुरा:१.संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्;अरू धाइ,सुसारे,पण्डा,नर्तकी,तमासे हुन्;२.गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन;३.अपांग शिशुको उपचार र रक्षागरौं!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !