१२ बैशाख २०८१, बुधबार

विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्ति गर्न नारायणकाजी र दीपकराजको माग


विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्ति गर्न नारायणकाजी र दीपकराजको माग

काठमाडौँ, भदौ २९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनःनियुक्ति गर्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कलाकार दीपकराज गिरीले माग गरेका छन् ।

प्रवक्ता श्रेष्ठले आज ट्विट गर्दै प्रधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्ति हुनुपर्ने बताएका हुन् । ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ’ श्रेष्ठले भनेका छन्, ‘उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्‍याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु ।’

यस्तै कलाकार दीपकराज गिरीले पनि आज एक अभिनयान घोषणा गरेका छन् । उनले घिसिङको पुनर्नियुक्तिको माग गर्दै ५ मिनेट बत्ति निभाउने अभियान घोषणा गरेका छन् । गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुलमानजीको पुनर्नियुक्तिका लागि जनदवाव स्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्धता प्रकट गरौं ।’ गिरीको यो घोषणालाई धेरैले समर्थन गर्दै साथ दिने समेत बताएका छन् ।

नेपाललाई लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ । तर पनि सरकारले उनको स्थानमा नयाँ व्यक्ति नियुक्ति गरिसकेको छैन ।

आज मन्त्रिपरिषद् बैठक बस्दैछ। उर्जामन्त्री वर्षमान पुनले आजको बैठकमा घिसिङको नाम प्रस्ताव गर्ने तयारी गरेको स्रोतको दावी छ । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पुनः घिसिङलाई नै दोहोर्याउनुपर्ने आवाज सामाजिक सञ्जालदेखि चारैतिर उठिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !