काठमाडौं, २८ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली असोज लाग्ने वित्तिकै दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने तयारीमा छन् । मन्त्रीहरुलाई कुनै कारण दिएर हटाउनुपर्ने भएकाले एउटा मापदण्ड समेत बालुवाटारले तयार गरेको छ ।
स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लगभग सहमति पनि जुटिसकेको बुझिएको छ । मापदण्ड बनाउँदा योगेश भट्टराई, घनश्याम भुषाल, वसन्त नेम्वाङ, शिवमाया तुम्बाहाम्फे मात्र टिक्न सक्ने सम्भावना रहन्छ । भानुभक्त ढकाल पनि झण्डै दुई वर्ष मन्त्री भइसकेका छन् । उनलाई सञ्चारमा लगेर सरकारको प्रवक्ता बनाउने तयारी भएको छ । भुमिसुधारमन्त्री पद्मा अर्यालले निरन्तरता पाउने सम्भावना कम छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल र रामबहादुर थापा बादललाई पुनः मौका दिने पक्षमा ओली भएपनि पार्टीभित्र उनीहरुलाई सरकारबाट हटाउन एउटा समुह नै लागेको छ ।