६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीद्वारा अध्यादेशमार्फत कानून बनाउने कदमको स्वागत


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २६ भदौ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहारजस्तो जघन्य अपराधविरुद्ध अध्यादेशमार्फत कानून बनाउन दिएको निर्देशनको स्वागत गरेको छ ।

ओरेकका अध्यक्ष रामवती चौधरीले आज प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले बिहीबार एसिड पीडित महिलासँगको भेटमा दिएको निर्देशक सकारात्मक निर्णय भएको उल्लेख गर्दै निर्णयको कदर गरिएको जनाइएको छ । प्रधानमन्त्रीको नेतृत्वमा भएको यस निर्देशनले समयमा नै कानून निर्माण हुने, कानूनको पूर्ण कार्यान्वयन र पीडितले साच्चि नै न्यायको अनुभुति गर्ने वातावरण बन्नेछ भन्नेमा विश्वास लिएको विज्ञप्तिमा छ ।

विज्ञप्तिमा भनिएको छ, “एसिड प्रहारजस्तो अमानवीय र जघन्य अपराधविरुद्ध सम्माननीय प्रधानमन्त्री श्री के.पी शर्मा ओली ज्यूबाट अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाउन दिनुभएको निर्देशन स्वागतयोग्य र प्रंशसनीय छ ।” समुदाय तहबाट यस्तो क्रुरतापूर्ण अपराधविरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएको संस्था तथा प्रभावितको मानव अधिकारको हक र अधिकारको संरक्षण, सम्बद्र्धन तथा सुनिश्चितताका लागि सबै लाग्न विज्ञप्तिमा आब्हान समेत गरिएको छ ।

एसिड खन्याउने कार्य अपराधको परिभाषाभित्र समेट्न, दोषीउपर कडा कार्वाही तथा यस प्रकारका संवेदनशिल मुद्धामा छिटो न्याय प्रदान गर्न छुट्टै अदालतको व्यवस्था, पीडितलाई पुनस्र्थापना गर्ने र राहतका लागि व्यवस्थासहितको माग राखी सो संस्थाले काम गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !