१२ पुस २०८१, शुक्रबार

ओली र प्रचण्डको प्रदिवेदनमाथि नेपालको १७ बुँदे आलोचनात्मक टिप्पणी (पूर्णपाठ सहित)


माधव कुमार नेपाल

भदौ २६, काठमाडौँ । नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले स्थायी समिति बैठकमा १७ बुँदे सुझाव टिप्पणीका रुपमा राखेका छन् । नेता नेपालले बैठकमा दुई अध्यक्षले पेश गरेको प्रतिवेदनको कार्यन्वयनसहित सुधार गर्नुपर्ने विषयहरु सुझावका रुपमा राखेका हुन् ।

नेता नेपालले आफ्नो सुझावमा भनेका छन्, “अध्यक्षहरु नै पार्टीका प्रमुखहरु हुन् तर यसलाई दुई अध्यक्षको जिम्मेवारी बाडफाँड वा समझदारीको आधारमा मात्र भनेर व्याख्या गर्न सकिदैँन । यो समग्र पार्टीपंक्तिको एकता होे त्यसैले निश्चित विधिमा आधारित भएर एकता गर्नुपर्छ र सोही अनुसार जिम्मेवारी दिनुपर्छ ।

त्यसैले अहिलेलाई पार्टी सचिवालय र स्थायी कमिटिको निर्देशन र सर्कुलर अनुरुप साबिक कमिटिका सिनियरहरुलाई राखेर एकीकृत कमिटी निर्माण गर्नुपर्छ र अधिवशनमा निश्चित विधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीमा जिम्मेवारी दिने कुराको सुनिश्चितता गर्नुपर्छ ।”

नेपालले पार्टी विधान कार्यान्वयन, पार्टी बैठक निर्णय र प्रक्रिया, आन्तरिक प्रतिस्पर्धा र पुरानोलाई सम्मान, नेता कार्यकर्ताको मुल्यांकन, योग्य नयाँ र क्षमतावानलाई पार्टीमा आकर्षित गर्नुपर्ने, सरकार निर्माण, सरकार सञ्चालन, समाजवादको नेपाली नमुना निर्माण, भ्रष्टाचार र सुशासन, राजनीतिक तथा अन्य नियुक्ति, राज्यशक्तिको प्रयोग, अन्तर्राष्टिय सम्बन्ध, नेतृत्व तहमा हार्दिकता, पार्टी र सरकारबीचको अन्तर सम्बन्ध, पार्टी, सरकार र जनता बीचको सम्बन्धमा उनका फरक सुझाव छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !