१९ असार २०८१, बुधबार

प्रचण्ड र कृषिमन्त्री भुषालको ‘जोइन्ट एक्सन’, ठेकेदारहरुमा रुवाबासी


प्रचण्ड र कृषिमन्त्री भुषाल

काठमाडौं, भदौ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषिमन्त्री घनश्याम भुषालको ‘जोइन्ट एक्सन’ ले गर्दा समयमा मल नल्याउने दुई कम्पनीलाई कृषि सामाग्री कम्पनी लिमिटेडले कारबाही गरेपछि ठेकेदारहरुमा रुवाबासी छाएको छ । उनीहरुको धरौटी जफत गरी कालोसूचिमा राख्ने निर्णय गरिएको छ । मल ल्याउने ठेक्का पाएको शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिप्रपोज कम्पनीको धरौटी जफत भएको हो ।

शैलुङ नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनी हो । उनले जिम्मा लिएको कतिपय विकास निर्माणको ठेक्का अलपत्र छ । अधिकारी र हुमनाथ कोइरालामाथि चौतर्फी कारबाहीको माग बढेपछि कृषि मन्त्री घनश्याम भुषालले कठोर कदम चालेका हुन् । उनको यो कदमको सामाजिक संजालमा चौतर्फी प्रशंशा पनि भएको छ ।

कृषिमन्त्री घनश्याम भुषालले आइतबार पत्रकार सम्मेलन गरी ती कम्पनीलाई कारबाही गरिएको जानकारी दिएका हुन् । प्रचण्डका घरबेटी भएकाले अधिकारीलाई कारबाही नगरिएको भन्दै आलोचना भइरहेको थियो । उनीहरुको ५/५ करोड धरौटी जफत भएको छ । दुवै कम्पनीले २५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का पाएका थिए ।

यसैगरी आफ्ना घरबेटी ठेकदारले राज्यलाइ ठगी गरेको बिश्लेषण सहित प्रचण्डले हाल आफू बसिरहेको घर छोड्ने निष्कर्षमा पुगेका छन । जनता टिभीसंग अन्तर्वार्ता दिँदै उनले आफुले नयाँ घर खोजी रहेको बताएका छन । उनले पछिल्लो समय निस्किएको मल विवादमा आफूले कृषिमन्त्रीलाई नै कारवाही गर्न अनुरोध गरेको पनि बताएपछि अधिकारी र कोइरालाको कम्पनीलाई कारबाही गरी धरौटी जफत भएको हो ।

ठेकदार अधिकारीकै सातदोबाटोस्थित घरमा प्रचण्ड बस्दै आएका छन् । उनले प्रचण्डकै शक्तिका आधारमा व्यवसाय गर्दै आएको आरोप लाग्दै आएको छ । प्रचण्डले अधिकारीसँगको आफ्नो कुनै साइनो नभएको बताएका छन् । अधिकारीका काम आफूलाई थाहा नहुने पनि उनले बताएका छन् । यतिमात्र होइन, प्रचण्डले अब आफूले नयाँ घर खोज्न थालेको पनि बताएका छन् । ‘मैले अर्को घर खोज्न थालेको छु,’ जनता टिभीका लागि अन्तर्वार्ता दिँदै प्रचण्डले भनेका छन् ।

घरबेटीले गरेको बदमासीसंग आफ्नो गोरु बेचेको साइनो पनि नभएको भन्दै उनले समय मै काम नगर्ने र गलत काम गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताएका छन । नेकपाभित्र एकै खेमाका प्रचण्ड र घनश्यामको यो ‘जोइन्ट एक्सन’ले नेपाली राजनीतिलाई फेरि एकपटक तताएको छ । यसअघि आफूनिकट उद्योगी तथा ब्यापारीहरु राजनीतिक नेताहरुको संरक्षणवाट बच्दै आएका थिए । अध्यक्ष प्रचण्ड र मन्त्री भुसालको यो कदमको सामाजिक संजालमा चौतर्फी प्रशंशा पनि भई रहेको छ ।

यो पनि पढ्नुहोस्

घनश्याम भुषालले गरे प्रचण्डका घरबेटीलाई कारबाही, सामाजिक संजालमा चौतर्फी प्रशंशा

घरबेटीसँग अनावश्यक नाम जोडियो, नयाँ घर खोज्छु : अध्यक्ष प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !