९ असार २०८१, आइतबार

घरबेटीसँग अनावश्यक नाम जोडियो, नयाँ घर खोज्छु : अध्यक्ष प्रचण्ड


प्रचण्ड

काठमाडौं, भदौ २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नाम अनावश्यक रुपमा घरबेटीसँग जोडेकोमा गुनासो गरेका छन् । पछिल्लो समय विभिन्न ठेक्का समयमा पूरा नगरेको र राम्रो काम नगरेको भन्दै प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी विवादमा तानिएका छन् ।

प्रचण्डले अधिकारीसँगको आफ्नो कुनै साइनो नभएको बताएका छन् । अधिकारीका काम आफूलाई थाहा नहुने पनि उनले बताएका छन् । यतिमात्र होइन, प्रचण्डले अब आफूले नयाँ घर खोज्न थालेको पनि बताएका छन् । ‘मैले अर्को घर खोज्न थालेको छु,’ जनता टिभीका लागि अन्तर्वार्ता दिँदै प्रचण्डले भनेका छन्, ‘उनीसँग गोरु बेचेको साइनो पनि छैन ।’

उनले पछिल्लो समय निस्किएको मल विवादमा आफूले कृषिमन्त्रीलाई नै कारवाही गर्न अनुरोध गरेको पनि बताएका छन् । कृषि मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले मल आपूर्तिको जिम्मा पाएर समयमै काम नगर्ने दुईवटा कम्पनी र तिनका सञ्चालक कारबाही गरेको छ ।

लिमिटेडले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोका मल्टिप्रपोज पक्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै धरौटी समेत जफत गरेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !