१८ असार २०८१, मंगलबार

सङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न काँग्रेसका सचेतक लामिछानेको आग्रह


कोरोना भाइरस

गण्डकी, ८ भदौ । पोखरा महानगरपालिकामा नेपाली काँग्रेसका सचेतक एवम् दलका नेता रामराज लामिछानेले कोरोना सङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै आपतविपद्मा एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै मानवीयताको भावनाका साथ सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । आफू र आफ्नो परिवारमा कोरोना लाग्दा जस्तो माया र सहयोग अरुका लागि पनि आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाबाट सङ्क्रमित हुने र निको हुनेक्रम निरन्तर चलिरहेको भन्दै उहाँले यसका नाममा टोल र समाजमा फैलिएको त्रास गलत भएको उल्लेख गर्नुभयो । विश्वमा ठूलो पदधारण गरेका व्यक्ति पनि सङ्क्रमित भई निको भएर घर फर्केको उल्लेख गर्दै उहाँले यसले ठूलो वा सानो केही नभन्ने हुँदा घरमा सुरक्षित रुपमा बस्न पनि सबैमा अनुरोध गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !