८ पुस २०८१, सोमबार

गृहमन्त्री बादल र लेखराज भट्टसहित अन्य मन्त्रीहरुलाई हटाउन प्रचण्ड र नेपालको प्रस्ताव


रामबहादुर थापा, लेखराज भट्ट

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद अन्त भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठनको तयारीसँग ओलीको विरोध गर्नेहरु चुपचाप भएका छन् । ओलीले मन्त्रिमण्डल पुर्नगठन र केही मुख्यमन्त्रीहरु हेरफेर गरेर पाँच वर्षे कार्यकाल सुनिश्चित गर्ने रणनीति बनाएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागको अडानबाट पछि हटेपछि विवाद लगभग अन्त भएको हो । ओलीका आलोचकहरु सुरेन्द्र पाण्डे, जर्नादन शर्मा, पम्फा भुषाललाई मन्त्री बनाउने आशा देखाएपछि चुप भएका छन् । अब यीमध्येबाट अधिकांश मन्त्री बन्ने चर्चा चलेको छ ।

प्रचण्ड आफ्नो पक्षबाट मन्त्री भएका रामबहादुर थापा बादल र लेखराज भट्टको बर्हिगमन चाहिरहेका छन् । उनीहरुले अप्ठ्यारो पर्दा साथ नदिएको भन्दै प्रचण्डले आफ्नो कोटामा नपार्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । माधव नेपालले योगेश भट्टराई र घनश्याम भुषाललाई साथ नदिने बुझिएको छ । दुवैले आफूलाई साथ नदिएको भन्दै अब मन्त्रीका लागि अन्य नाम लाने नेपालको तयारी छ । उनको कोटाबाट भीम रावल र सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !