३ चैत्र २०८१, सोमबार

नियुक्तिको निर्णय नसच्याए कार्यदलको काम प्रभावित हुन सक्ने भन्दै प्रचण्डले दिए ओलीलाई यस्तो चेतावनी


ओली-प्रचण्ड बीच बालुवाटारमा छलफल शुरु

भदौं ४, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो समयको केहि नियुक्तिको निर्णय नसच्याए विवाद समाधान गर्न गठित कार्यदलको काम प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।

विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन भएको छ । मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेपछि दाहालले असन्तुष्टि जनाएका हुन् ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नियुक्तिपछि दाहाललाई भेटेर खारेजीका लागि प्रधानमन्त्री ओलीसँग संवाद गर्न सुझाव दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !