१० असार २०८१, सोमबार

मतपेटिका बोकेका टोलीमाथी बिभिन्न ठाउँमा बम प्रहार


११, मंसिर : जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ ।
जिल्ला प्रहरी कार्यालय, जाँजरकोटले दिएको जानकारी अनुसार बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएका छन् ।मतपेटिकामा भने कुनै क्षति पुगेको छैन।

त्यस्तै गरी रुकुममा पनि आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपेटिका बोकेको टोलीलाई लक्षितगरिबम प्रहार भएको छ ।
आइतबार बेलुकी ९:५० बजे चौरजहारी नगरपालिका-६, को घर्तीकाँडामा बम प्रहार भएको हो । उक्त टोलीले चौरजहारी नगरपालिकाका ६,१०,११,१२,१३ र १४ नम्वर वडाका मतपेटिका बोकेकोको थियो । बम बाटो भन्दा केही माथी परेको थियो ।

बमले मतपेटिका र उक्त टोलीमा कुनै क्षति पुर्याभएको छैन । बम प्रहारपछि उक्त मतपेटिकाहरु गए राती नै इलाका प्रहरी कार्यालय चौरजहारीमा राखिएको छ ।

आजउक्त मतपेटिकाहरु सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मंसिर २१ गतेपछि मत गणना हुने भएकाले सबै मतपेटिकाहरु जिल्ला सदरमुकाम खलंगास्थित जिल्ला समन्वय समितिको भवनमा राख्ने निर्णय गरिएको छ ।

सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले मुसीकोट नगरपालिकाको १४, बाँफिकोट र त्रिवेणी गाउँपालिकाका १०/१०, सानीभेरी गाउँपालिकाका ९ मतदान स्थलबाट मतपेटिका जिल्लामा आइपुगेको जानकारी दिए ।

उनका अनुसार चौरजहारी र आठविसकोट नगरपालिकाका १४/१४ र सानीभेरी गाउँपालिकाका २ मतदान स्थलका मतपेटिका आज बेलुका सम्म ल्याइपुर्यानइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !