२३ भाद्र २०८१, आइतबार

सरकार र पार्टीको नेतृत्व युवालाई हस्तान्तरण गर्न ओली, प्रचण्ड, नेपाल र खनाललाई सांसद भट्टराईको आग्रह


विशाल भट्टराई

काठमाडौँ, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा सांसद विशाल भट्टराईले प्रधानमन्त्री भइसकेका सबैले पार्टी र सरकारको नेतृत्व छोड्नुपर्ने बताएका छन् । एक टेलिभिजनको अन्तर्वार्ताको क्रममा बोल्दै सांसद भट्टराईले पार्टीभित्रको विवाद लम्विदै गएको र पदको लागि झगडा गर्ने भए प्रधानमन्त्री भइसकेका सबै नेताहरुले युवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

पछिल्लो समय नेकपा भित्रको विवादले गर्दा पार्टी फुट्ने अवस्थामा पुगेपछि पार्टीभित्रका सांसदहरु पार्टी विभाजनवाट रोक्नको लागि हस्ताक्षर अभियानसमेत चलाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु