१२ आश्विन २०८१, शनिबार

राप्रपा छाडेका सुनिलबहादुर थापाले भने, “कांग्रेस प्रवेश गर्दा अपार खुशी लागेको छ”


१३ साउन, काठमाडौं । राप्रपा त्यागेका पूर्वमन्त्री सुनिलबहादुर थापा मंगलबार आज कांग्रेस प्रवेश गरेका छन् । थापाले नेपाली कांग्रेसमा प्रवेश गर्दा आफूलाई अपार हर्ष र खुशी लागेको समेत बताए । गत शनिबार राप्रपा त्यागेका थापासहितका नेतालाई कांग्रेसका शीर्ष नेताहरुले केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा रहेका उनी राप्रपा र राप्रपा संयुक्तबीचको एकतापछि असन्तुष्ट थिए । पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेस नेताको भाग खोस्न नभइ साथमा अघि बढ्न आएको बताए । अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको भन्दै नेता थापाले नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !