११ मंसिर २०८१, मंगलबार

ओलीले एकलौटी रुपमा बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित, नेपालसहित अन्य नेता बालुवाटारमा


प्रचण्ड

काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित् गरेकोमा आपत्ति जनाएका छन् । बैठक बस्नुभन्दा आधा घण्टा अघिमात्रै ओलीको सचिवालयले आजको बैठक स्थगित् भएको सन्देश प्रवाह गरेपछि दाहाल ओलीसँग आक्रोशित बनेका हुन् ।

अध्यक्ष दाहाल भने बैठकको लागि भनेर खुमलटारबाट बालुवाटार गइसकेका छन् । आजको बैठकमा भाग लिन दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहका सदस्यहरु बालुवाटार पुगिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !