७ जेष्ठ २०८१, सोमबार

ओलीले राजीनामा नदिए पार्टीबाट निर्णय गरेर सरकारबाट फिर्ता बोलाउने प्रचण्ड-नेपालको तयारी


ओली, प्रचण्ड र नेपाल

काठमाडौं, १२ साउन । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टी भित्र उत्पन्न भएको विवाद अझैपनि निष्कर्षमा पुग्न सकेको छैन । ओलीको राजीनामा माग्दै आएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर कडा रणनीति बनाउन सक्रिय भएको छ ।

बैठकले अब वार कि पारमा जाने लगभग निष्कर्ष निकालिसकेको समुहका एक नेताले जानकारी दिए । अब ओलीलाई राजीनामा दिन अन्तिम पटक भन्ने र नमाने पार्टीबाट निर्णय गरेर सरकारबाट फिर्ता बोलाउने सम्ममा जाने प्रचण्ड र माधव समुहले रणनीति तयार गरिरहेको छ । आफूहरुले चाल्ने कदमपछि उत्पन्न हुने परिस्थितिबारे समेत आँकलन गरी छलफल बढाइएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !