२४ बैशाख २०८१, सोमबार

जनार्दनले प्रचण्डलाई सहयोग गरिरहनु भएको छ : प्रचण्डको सचिवालय


जनार्दनले प्रचण्ड फाइल फोटो

काठामाडौं, साउन ८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्ड र सो पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्मालाई जोडेर आएका भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको स्पस्ट पारेको छ ।

अध्यक्ष प्रचण्डको निजी सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बिहीबार त्यस्ता समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाउँदै भ्रामक प्रचारहरुमा कुनै सत्यता नरहेको प्रस्ट पारेका हुन् ।

यस्तो छ संचार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण जस्ताको त्यस्तै

‘केही दिनयता हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्यको सम्बन्ध केही दिनयता विभिन्न सञ्चारमाध्यममा अध्यक्ष प्रचण्ड र जनार्दन शर्मा ‘प्रभाकर’ का बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ । आन्तरिक वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषता हुन् । तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ ।

पार्टी एकतादेखि आजसम्म प्रचण्डलाई प्रभाकरले सहयोग गर्दै आएको बिदितै छ । अहिले पार्टीभित्रको आन्तरिक बहसमा पनि पार्टी एकताको पक्षमा लाग्नुभएको छ । पार्टी एकतादेखि आजसम्मको काममा प्रभाकरले अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आउनुभएको छ । अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो । प्रभाकरमाथि अध्यक्ष प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछ ।

यस्तो छ संचार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण जस्ताको त्यस्तै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !