१३ आश्विन २०८१, आइतबार

माओवादी नेता वर्षमान चढेको गाडीमा विस्फोट, फायरिङ


barshaman-pun

काठमाडौँ : रोल्पाको माडीगाउँपालिका– १ मा रहेको भिट्टावाङमा प्रतिनिधि सभातर्फका माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी विस्फोट गराइएको छ।

रोल्पाको माडीगाउँपालिका–१ स्थित भिट्टाबाङ भन्ने स्थानमा पुगेका माओवादी नेता पुन चढेको गाडीमा विद्युतीय धराप समेत विस्फोट भएको थियो । बाटोमा ओछ्याइएको धराप विस्फोट हुँदा पुन सवार गाडीमा समेत सामान्य क्षति पुगेको रोल्पा प्रहरीले जनाएको छ ।

विस्फोटसँगै लुकेर बसेकाहरुले फायरिङसमेत गरेका थिए। जवाफमा एस्कर्टिङमा रहेका सुरक्षाकर्मीहरुले जवाफी फायरिङ गरेका थिए।

प्रहरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको अनुमान गरेको थियो ।

गाडीमा पुन सँग माओवादी नेतृ जयपुरी घर्ती लगायतका नेता थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु