३ असार २०८१, सोमबार

पुर्व सभामुख नेम्वाङसँग भिड्दै ७८ वर्षीय दलबहादुर


newang

कात्तिक २३, इलम । मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर–२ बाट एकजना वृद्धले उम्मेदवारी दिएका छन् । चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दैछन् । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली कांग्रेसबाट उम्मेदवार छन् ।
जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ नागरिक राई नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘ज्येष्ठताका आधारमा मैले चुनाव जित्छु’–राईले भने । राईका प्रमुख प्रतिस्पर्धी नेम्वाङ उनीभन्दा १४ वर्ष तथा थापा २० वर्ष कान्छा छन् ।
यस्तै, क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘क’मा उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे पनि ७० वर्ष पुगे । उहाँ १५ वर्ष कान्छो उम्मेदवार नेकपा एमालेका राम राना तथा राप्रपाका ३१ वर्षीय नसिप राईसँग प्रतिस्पर्धा गर्दैछन् ।
२६ वर्षीय उम्मेदवार
जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छा क्षेत्र नम्बर–२ प्रदेशसभा ‘ख’मा संघीय समाजवादी फोरमबाट उठेका २६ वर्षीय मणिविक्रम लिम्बू हुन् ।
यस्तै, मंगोल नेसनल अर्गनाइजेसनबाट क्षेत्र नम्बर–१ को प्रदेशसभा खमा २८ वर्षीय राजन चाम्लिङ उम्मेदवार छन् । दुवै उम्मेदवार अविवाहित छन् ।
सोही क्षेत्रमा नयाँ शक्तिबाट उठेका २९ वर्षीय रामप्रसाद सञ्जेल तथा विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर–१ मा उम्मेदवार बनेका २७ वर्षीय सचेन घले अविवाहित छन् । घले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग प्रतिस्पर्धा गर्दैछन् ।
दुईजनामात्र महिला उम्मेदवार
जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फका ५१ उम्मेदवारमध्ये दुईजनामात्र महिला रहेका छन् । उनीहरू एउटै प्रदेशबाट उम्मेदवार बनेका छन् ।
नेकपा एमालेका तर्फबाट खिनु लङ्वा लिम्बू र संघीय समाजवादी फोरम नेपालका तर्फबाट लासाङ तामाङले क्षेत्र नम्बर–१ प्रदेशसभा ‘क’मा उम्मेदवारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !