८ जेष्ठ २०८१, मंगलबार

कास्की २ काँग्रेसको चुनावी प्रचार कार्यालय स्थापना


congress-kaski

कार्तिक २३, कास्की | कास्की क्षेत्र नम्बर २ का लागि काँग्रेसले चुनाव प्रचारप्रसार कार्यालय सुरु गरेको छ । बुधबार एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटनसँगै विहिबार देखि नै क्षेत्र नम्बर २ मा चुनावी प्रचार र घरदैलो अभियान सुरु हुने क्षेत्रीय सभापति बिजयराज आचार्यले जानकारी दिए ।
क्षेत्र नम्बर २ को चुनावी प्रचार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले चुनाव जितेपछि सांसदको तलवभत्ता नलिने घोषणा गरेका छन् । उनले सांसदको लागि आउने तलवभत्ता पूरै वालवालिकाको शिक्षा र पोखराको विकासका क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाए ।
क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाले २०७० मा ब्यहोरेको क्षति अहिलेको चुनावले फर्काउने बताए । उनले काँग्रेसकै अगुवाईमा संविधान जारी भएको भन्दै कार्यान्वयनका लागि पनि काँग्रेस अपरिहार्य हुने उल्लेख गरे । थापाले पोखराका विकासे मुद्धा आफ्नो प्रमुख एजेण्डा भएको बताए । कार्यक्रकममा सो क्षेत्रका उम्मेदवार तथा बक्ताहरुले लोकतन्त्र र विकासका लागी कांग्रेसले जित्नुपर्ने धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !