१२ श्रावण २०८१, शनिबार

ताप्लेजुङमा उम्मेदवारको घरमा कालो झण्डा, नेकपाद्वारा घर कब्जा गरिएको दाबी


black-flag

कात्तिक २२, ताप्लेजुङ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाम गठबन्धनका प्रदेशसभा तर्फ ताप्लेजुङ (ख) केन्द्रका उम्मेदवार टंक आङबुहाङको घरमा कालोझण्डा गाडेको छ । ताप्लेजुङको साविक चाँगे गाविसमा रहेको आङबुहाङको घरमा बुधबार बिहान सो पार्टीका कार्यकर्ताले कालोझण्डा गाडेका हुन् ।
यसअघि विज्ञप्ति प्रकाशन गरी उम्मेदवारी फिर्ता गर्न सबैलाई आग्रह गरेको र आग्रहलाई बेवास्ता गरिएकाले आङ्बुहाङको घरमा कालोझण्डा गाडि घर कब्जामा लिएको नेकपाका जिल्ला ईन्चार्ज आशिषले टेलिफोनमा बताए ।
आफूहरुले चुनाव खारेजीको माग गर्दै उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि फिर्ता नलिएकाले पूर्वघोषित कार्यक्रम बमोजिम उम्मेदवारको घरमा कालो झण्डा गाडेको आशिषले बताए । यता प्रमुख जिल्ला अधिकारी मोहन जीसीले आङ्बुहाङको घरमा कालो झण्डा गाडेको जानकारी आएको र सो स्थानमा प्रहरी पठाईएकोले थप विवरण आउन बाँकी रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !