२ जेष्ठ २०८१, बुधबार

प्रदेश र प्रतिनिधिसभा निर्बाचनका लागि मतपत्र ताप्लेजुङ पुग्यो


matpatra-taplejung

कात्तिक २२, ताप्लेजुङ । मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र ताप्लेजुङमा पुगेको छ । प्रतिनिधिसभाका लागि प्रयोग हुने ८९ हजार थान, प्रदेश सभा क्षेत्र क का लागि ४९ हजार र ख का लागि ४० हजार थान मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईपुगेको हो ।
मतपत्र पुगेसँगै रुजु गर्न र बिग्रिएकालाई समेटेर फिर्ता पठाउन कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत गोपालप्रसाद थापाले जानकारी दिए । थापाका अनुसार समानुपातिकका लागि प्रयोग हुने थप ८९ हजार थान मतपत्र पनि ताप्लेजुङ आइपुगेको छ ।
मतपत्र पुगेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ । यसैबीच जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले आजबाट मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !