९ मंसिर २०८१, आइतबार

प्रधानमन्त्री ओलीका पक्षमा इलाममा प्रदर्शन


प्रधानमन्त्री ओलीका पक्षमा इलाममा प्रदर्शन

मंगलबार, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा इलाम बजारमा आज जनप्रदर्शन गरिएको छ । अनेरास्ववियु इलामको अगुवाइमा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । ‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित प्लेकार्ड बोकेका युवाहरुले इलामको ठूलो टँुडिखेलबाट निकालिएको र्याली बजार परिक्रमा गरी चोक बजारमा कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा भेला भएका युवाले अहिलेको समय प्रधानमन्त्री फेर्ने नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न नेकपाका नेतृत्वलाई आग्रह गर्नुभयो ।

नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका युवाले जनताको अभिमतको मान्न आग्रह गर्नुभयो ।

सो अवसरमा अशोेक खतिवडाले प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनाविरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
खेमसागर खनालले देश विकास, रोजगारीको अवसर, समतामूलक समाज निर्माण गर्न पनि हरेक सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !