५ जेष्ठ २०८१, शनिबार

गृहमन्त्री थापाको बोली बदलिएपछि प्रचण्ड त्रासमा, अबको बैठकमा थापा कुन पक्षमा ?


रामबहादुर थापा

२४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टी भित्र ठुलो विवाद उत्पन्न भएको छ । ओलीवाट सरकार र पार्टी संचालन असम्भव भएको भन्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालका समुहले राजीनामा मागेपछि ओली संकटमा परेका छन् ।

स्थायी कमिटि बैठकमा ओलीका अगाडी पार्टीका नेताहरुले राजीनामा मागेपछि ओली पछिल्लो समय बैठकमै उपस्थिति समेत जनाउन छाडेका थिए । स्थायी कमिटि बैठक र सचिवालयमा पनि अल्पमतमा परेका ओली अहिले राजीनामा टार्न कै लागि स्थायी कमिटि बैठक वहिष्कार गर्दै आएका छन् ।

सचिवालयका ९ जना सदस्य मध्ये ओली पक्षमा मात्र महासचिव विष्णु पौडेल र इश्वर पोखरेल रहेका छन् भने प्रचण्ड पक्षमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी उपाध्यक्ष वामदेव गौतम, सदस्यहरु नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा रहेका छन् ।

त्यसैले गर्दा पनि ओलीको राजीनामा पक्का जस्तै देखिन्छ तर ओलीलाई हटाउनको लागि त्यति सजिलो छैन । किन भने ओली दुवै पद छोड्न परे पार्टी फुटाउने अध्यायदेश ल्याउने र पार्टी फुटाउने संकेतसमेत दिएका छन् ।

तर केहि समय अगाडी मात्र गृहमन्त्री समेत रहेका राम बहादुर थापाले बोली फेरेका छन् । एक बैठकमा गृहमन्त्री थापाले सरकार र पार्टी नेतृत्वबाट ओलीलाई नहटाए देशमा प्रतिक्रान्ति हुने सुनाएका थिए । त्यसवाट पनि थापाले ओलीको बचाउमा लागेको होकी भन्ने अनुमान गर्न सकिन्छ ।

थापाको उक्त अभिव्यक्ति बाहिर आएपछि अध्यक्ष प्रचण्डले थापासंग स्पष्टीकरण समेत मागेका थिए । थापाले प्रचण्डसंगको भेटमा आफूले उक्त भेटघाटमा भएको कुरा तोडमोड गरेर, बनाएर बाहिर आएको बताए । थापाले आफ्नो अडानमा स्पष्ट रहेको समेत स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !