११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री राष्ट्रपति भेट्न पुगे शीतल निवास, मन्त्रीहरुलाई बोलाए बालुवाटार


प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं, असार २० । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानुलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ । यो भेटघाट नियमित मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ भने प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनको नजिक पुगेको नेताहरु बताउँछन् ।

विवादकै क्रममा सहमतिको प्रयास स्वरुप आज तय स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरु  र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् । आजै ओलीले मन्त्रीहरुलाई बालुवाटार समेत बोलाएको बताएपनि छलफलको विषय खुल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !