१३ पुस २०८१, शनिबार

खनालले ओलीलाई चेतावनी दिँदै भने, “ओलीलाई १०० प्रतिशत हटाउन सकिन्छ र हटाउछौं”


झलनाथ खनाल

काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपालाई फुटाउन सजिलो नहुने बताएका छन् । एक मिडियासंग कुरा गर्दै नेता खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दायित्व निर्वाह गर्नै नसकेको पनि गम्भिर आरोप लगाए ।

पार्टीको बैठकमा ओलीले आफूविरुद्धको आलोचनासमेत सुन्न नसकिरहेको खनालको टिप्पणी छ । उनले भने,’उहाँले आलोचना सुन्नपनि सकिरहनुभएको छैन् । बैठकमा बस्नपनि सकिरहनुभएको छैन् । यसरी नेतृत्व चल्छ त ? नेतृत्व यसरी चल्दैन नि । चल्न सक्दैन भने जसले नेतृत्व गर्न सक्दैन, उसले ठाउँ छोड्नुपर्छ । पार्टीसँग नेतैनेताहरु छन् । पार्टीसँग विचार भएका नेतैनेताहरु छन् । पार्टी अगाडि बढ्छ । तर, उहाँले सरकारपनि ठीक ढंगले हाँक्न सक्नुभएन । पार्टीलाई पनि ठीक ढंगले सञ्चालन गर्न सक्नुभएन् ।’

प्रधानमन्त्री बनेको दिनदेखि नै ओलीले पार्टीमा सरसल्लाह र छलफल नगरेको उनको गुनासो छ । हरेक नियुक्तीहरुमा आफ्नो मान्छेलाई मात्रै गरेको र यसबारेमा पनि कुनै छलफल र सरसल्लाह नगरेको खनालको आरोप छ । राजदूत नियुक्तीमा पनि ओलीले गुटको मान्छेलाई भर्ती गरेको र छँदा खाँदाका राजदूतलाई पनि फिर्ता बोलाएर आफ्ना मान्छे राजदूत नियुक्त गरेको उनले आरोप लगाए । ओलीले पार्टीमा ज्यादती र अत्याचार नै गरेको पनि उनको गुनासो छ । खनालले ओलीलाई १०० प्रतिशत हटाउन सक्ने समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !