११ बैशाख २०८१, मंगलबार

जारी संसदको अधिवेशन एकाएक अन्त्य गरिएकोमा नेपाली कांग्रेसको आपत्ति


नेपाली कांग्रेस

काठमाडौँ, असार १८ । संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।

उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ”अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसिसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ । यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो ।”

उनले सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ भनेका छन् । विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो । तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको उक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ”जनताको जीवन प्रधान कि सत्ताको राजनीति ? प्रधानमन्त्री ओली समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै नेपाली कांग्रेस संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ ।”

जारी संसदको अधिवेशन एकाएक अन्त्य गरिएकोमा नेपाली कांग्रेसको आपत्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !