१४ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद् बैठक अघि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी File Photo

काठमाडौँ, असार १८ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानममन्त्री ओली बिहान ११ बजेतिर शितल निवास पुगेका थिए ।

शितल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अहिले भेटवार्ता जारी छ । शीतल निवासले राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो नियमित भएको जनाएको छ ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

आजको बैठकले चालु वर्षे अधिवेशन बन्द गर्ने निर्णय गर्ने बुझिएको छ । त्यस्तै केही विधेयकहरुका बारेमा समेत छलफल हुन लागेको स्रोतले बताएको छ । गत वैशाख २६ गतेबाट वर्षे अधिवेशन सुरु भएको थियो ।

स्थायी कमिटी बैठक बस्न अगाडि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । नेकपाको स्थायी कमिटी बैठक पनि आज बस्दैछ । स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको सदस्यहरूले चर्को आलोचना गरेका छन् भने उनको राजीनामा पनि मागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !